Our mission

Aim and Vision

(क) प्राकृतिक प्रकोप र अन्य कारणले आवास विहिन परिवारलाई नेपाल सरकारको निर्देशन बमोजिम जग्गा वा आर्थिक श्रोतको व्यवस्थाप नगर्ने । (ख) योजनावद्ध आवास तथा वस्ती विकास गर्ने । (ग) स्थानीय तहसँगको समन्वयमा प्रचलित कानुनी प्रकृया पुरा गरी जग्गाएकीकरण (land pooling) आयोजना संचालनगर्ने । (घ) नेपाल सरकारको निर्देशनबमोजिमपुनः स्थापना सम्बन्धीकार्य गर्ने । (ङ) राष्ट्रिय आवास नीतिमा उल्लेखित कार्यक्रम एवम नीतिहरुमा कम्पनीले सम्भव भए सम्मको योगदानएवम सहभागी भएर कार्यक्रमहरू संचाल नगर्ने । (च) शहरी क्षेत्रमा आवासको लागि आवासीय योजना, परियोजनाहरू संचालनगर्ने गराउने । (छ) नागरिक चाहना र यस कम्पनीको उद्देश्यअनुरूप देशका विभिन्न स्थानमा कम लागतका घर (low cost housing), भवनहरू निर्माण गरी तिनको विक्री वितरण गर्ने गराउने । (ज) नेपाल सरकारमा कार्यरत राष्ट्र सेवककर्मचारीहरू र सेवानिवृत कर्मचारीहरूको लागि समेत तोकिएबमोजिम जग्गा विकास गरी आवास सुबिधा उपलब्ध गराउने । (झ) नेपाल सरकारले विभिन्न समयमा जारी गरिएको नीति र कार्यक्रमअनुसार आवास कार्यक्रम संचालन गर्ने । (ञ) नेपालका विभिन्न स्थानहरूमा सम्भव भए सम्म सपिङ्गकम्प्लेक्स, सटर, कवलहरू निर्माण गरी तिनको विक्रीवितरण र बहालमादिने । (ट) नेपाल सरकार र दातृसंस्थाहरूसँग सम्पर्क र समन्वय गरी आवास तथा वस्ती विकास कार्यक्रमलाई व्यवस्थित गर्ने । (ठ) माथिउल्लेखित उद्देश्यहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्ध भएका निकायहरूसँग समन्वय र सहकार्य गरी आवास सम्बन्धीकार्यहरूको प्रबन्ध गर्ने ।