परिचय

राष्ट्रिय आवास कम्पनि लिमिटेडको परिचय:-

साविक नेपाल पुनर्वास कम्पनि प्रा.लि.ले. वि.सं.२०२० देखि २०४६ सम्म कृषिमा आधारित पुनर्वास कार्यक्रम संचालन गरी १९ हजार ७६ परिवारलाई २६ हजार ३४७ हेक्टर जग्गा वितरण गरेको र घर प्लट, कृषि प्लट, सडक बजार, सामुदायिक केन्द्र, विद्यालय, मन्दिर, हुलाक, बजार क्षेत्र, गौचर, कव्रस्थान, सामुदायिक जंगल,इनार, ट्युवेल आदिका लागि जग्गाको व्यवस्था गरेको थियो l भूमिको सिमितता र अन्य विविध कारणले पुनर्वास कार्यक्रमलाई निरन्तरता प्रदान गर्न सम्भव नभएपछी २०४६ फाल्गुन २ को नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार ग्रामिण क्षेत्रमा योजनाबद्ध रुपमा आवास कार्यक्रम संचालन गर्ने उदेश्यले साविकको नेपाल पुनर्वास कम्पनीलाई २०४६ फाल्गुन ९ गते ग्रामिण आवास तथा बस्ति विकास कम्पनि लिमिटेडमा रुपान्तरण गरियो l कम्पनि ऐन २०२१ बमोजिम २०४७ असार ८ गते उद्योग विभाग द.नं.१८३/०४६/०४७ मा दर्ता रहेको यो कम्पनि रुपान्तरित कम्पनि ऐन २०६३ अनुसार संचालित छ l कम्पनीको मिति २०६९/३/२८ गते भएको साधारण सभाबाट केहि उदेश्यहरु समेत थप भई ग्रामिण आवास कम्पनि लि. बाट राष्ट्रिय आवास कम्पनि लिमिटेडमा नाम परिवर्तन गर्ने निर्णय भई कम्पनि रजिस्ट्रार कार्यालय र सहरी विकास मंत्रालयबाट स्वीकृत भएअनुसार राष्ट्रिय आवास कम्पनि लिमिटेडमा नाम परिवर्तन गरिएको छ l