कम्पनीको उद्देश्य

(क) प्राकृतिक प्रकोप र अन्य कारणले आवास विहिन परिवारलाई नेपाल सरकारको निर्देशन बमोजिम जग्गा वा आर्थिक श्रोतको व्यवस्थापन गर्ने ।
(ख) योजनावद्ध आवास तथा वस्ती विकास गर्ने ।
(ग) स्थानीय तहसँगको समन्वयमा प्रचलित कानुनी प्रकृया पुरा गरी जग्गा एकीकरण (land pooling) आयोजना संचालन गर्ने ।
(घ) नेपाल सरकारको निर्देशन बमोजिम पुनः स्थापना सम्बन्धी कार्य गर्ने ।
(ङ) राष्ट्रिय आवास नीतिमा उल्लेखित कार्यक्रम एवम नीतिहरुमा कम्पनीले सम्भव भए सम्मको योगदान एवम सहभागी भएर कार्यक्रमहरू संचालन गर्ने ।
(च) शहरी क्षेत्रमा आवासको लागि आवासीय योजना, परियोजनाहरू संचालन गर्ने गराउने ।
(छ) नागरिक चाहना र यस कम्पनीको उद्देश्य अनुरूप देशका विभिन्न स्थानमा कम लागतका घर (low cost housing), भवनहरू निर्माण गरी तिनको विक्री वितरण गर्ने गराउने ।
(ज) नेपाल सरकारमा कार्यरत राष्ट्र सेवककर्मचारीहरू र सेवानिवृत कर्मचारीहरूको लागि समेत तोकिएबमोजिम जग्गा विकास गरी आवास सुबिधा उपलब्ध गराउने ।
(झ) नेपाल सरकारले विभिन्न समयमा जारी गरिएको नीति र कार्यक्रमअनुसार आवास कार्यक्रम संचालन गर्ने ।
(ञ) नेपालका विभिन्न स्थानहरूमा सम्भव भए सम्म सपिङ्ग कम्प्लेक्स, सटर, कवलहरू निर्माण गरी तिनको विक्री वितरण र बहालमा दिने ।
(ट) नेपाल सरकार र दातृसंस्थाहरूसँग सम्पर्क र समन्वय गरी आवास तथा वस्ती विकास कार्यक्रमलाई व्यवस्थित गर्ने ।
(ठ) माथिउल्लेखित उद्देश्यहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्ध भएका निकायहरूसँग समन्वय र सहकार्य गरी आवास सम्बन्धीकार्यहरूको प्रबन्ध गर्ने ।