नीति

१. कम्पनीको वार्षिक अनुमानित आयबाट बजेट तथा कार्यक्रम संचालन गरिने ।नेपाल सरकार एंव अन्य निकायहरुबाट आवास कार्यक्रम संचालन गर्न जग्गा तथा कार्यक्रम अनुदान प्राप्त भएमा सोहि बमोजिम थप कार्यक्रमहरु संचालन गर्ने व्यवस्था गरिने

२. कम्पनीले प्राप्त गर्ने आय रकमबाट खर्च कटाई हुने खुद आम्दानीमा लाग्ने आयकर आन्तरिक राजश्व कार्यालयमा दाखिला गरिनेछ र नियमानुसार शेयरधनी (नेपाल सरकार) लाई लाभांश वितरण गर्ने व्यवस्था मिलाईने छ ।

३. कम्पनीको उद्देश्य र स्वीकृत दीर्घकालिन व्यावसायिक कार्य योजनालाई समेत आधारमानी निम्न नीतिहरु अवलम्वन गरिने छः-

(क) कम्पनीको उद्देश्य र दीर्घकालिन व्यवसायिक कार्य योजनामा उल्लेख भए बमोजिम सम्भाव्यता अध्ययन गरी उपयुक्त स्थानहरुमा आवास कार्यक्रम संचालन गर्न नेपाल सरकार वा अन्य निकायबाट जग्गा एंव अनुदान प्राप्त गर्ने लक्ष्य राखिएको छ ।

(ख) कम्पनी अन्तर्गतका योजना कार्यालयहरु अन्तर्गत संचालित आवास तथा बजार क्षेत्रमा घडेरीहरु बिक्री गर्ने र फुटकर जग्गाहरु व्यवस्थापन गर्ने कार्य प्राथमिकताका साथ अघि बढाइनेछ ।

(ग) कम्पनीको लेखाविधि निर्देशिका, २०79 ले तोके बमोजिमका शिर्षकहरुमा प्रशासनिक खर्च, पुँजीगत सम्पत्ति खर्च र विकास खर्चहरुको वर्गिकरण तथा लेखाकंन गरी वित्तिय विवरणहरु तयार गरिने छ ।

(घ) संस्थागत विकासको लागि कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न तालिम संचालन गरिनेछ ।

(ङ) कम्पनीको उद्देश्य र दीर्घकालिन व्यावसायिक कार्य योजनाले मार्गदर्शन गरेका आधारमा कम्पनी कार्यक्रमलाई निम्न मुख्य शिर्षकहरुमा वर्गिकरण गरी कार्यन्वयन गरिने छः-

(१) जग्गा खरिद र जग्गा प्रशासन,

(२) जग्गा तथा पूर्वाधार विकास कार्यक्रम,

(३) आवास विकास कार्यक्रम,

(४) व्यवसाय प्रबर्द्धन,

(५) संस्थागत विकास,

(६) अन्य कार्यक्रम ।

4. कम्पनीबाट संचालित आवास तथा बजार क्षेत्रहरुमा पूर्वाधार एंव विकास निर्माणको खर्च गर्दा समग्रमा घडेरी बिक्रीबाट प्राप्त हुने कुल आयको २५ (पच्चिस) प्रतिशतको सीमा भित्र रही स्विकृत कार्यक्रम अनुसार खर्च गरिनेछ । फुटकर जग्गा बिक्रीबाट प्राप्त कुल आयको २०(बिस) प्रतिशत मात्र स्थानिय माग र आवश्यकता अनुसार कार्यक्रम स्वीकृत पूर्वाधार विकासमा खर्च गरिनेछ ।

5. केन्द्रीय कार्यालय र अन्तर्गतका योजना कार्यालयहरुको वार्षिक आय र वार्षिक कार्यक्रमलाई त्रैमासिक रुपमा बाडफाँड गरी लक्ष्य प्राप्तिमा अधिकतम प्रयास गरिने छ । सूचकाङ्कसहित त्रैमासिक प्रगतिको अनुगमन एंव नियमित समीक्षा गर्ने आवश्यक व्यवस्था मिलाईने छ ।

6. वार्षिक आयको लक्ष्य अनुसार घडेरी बिक्री, फुटकर जग्गा बिक्री र अन्य आम्दानी गर्दा आर्थिक विनियमावली, २०७३ फुटकर जग्गा बिक्री वितरणसम्बन्धी विनियमावली, २०६९,नेपाल सरकार(मन्त्री परिषद्) को निर्णय, संचालक समितिको निर्णय तथा अन्य प्रचलित कानुन बमोजिम आम्दानी गरिने छ ।

7. विनियोजन गरिएको प्रशासनिकखर्च, पुँजीगत सम्पत्ति खर्च र विकास खर्च अन्तर्गत खर्च गर्दा सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४, कम्पनीको आर्थिक विनियमावली, २०७३, कर्मचारी सेवा शर्त विनियमावली, २०४९, फुटकर जग्गा बिक्री वितरणसम्बन्धी विनियमावली, २०६९ र लेखाविधि निर्देशिका२०79एवं अन्य प्रचलित कानुन बमोजिम खर्च गरिने छ ।

8. कार्यक्रम कार्यान्वयन गर्दा एवं खर्च गर्दा वित्तिय अनुशासन कायम गरिनेछ । पुराना पेश्की/ असुल गर्नुपर्ने बेरुजु र नियमित गर्नु पर्ने बेरुजुलाई असुल/नियमित गरी बेरुजु फर्छ्रौट गरिनेछ ।